१८ बैशाख,

बाँके — जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सार्वजनिक सवारी साधनमा नियमविपरीत हुड जडान गरी यात्रु ओसारपसार गर्ने तथा अत्यधिक सामान बोक्ने प्रवृत्तिविरुद्ध कडाइ गरेको छ।

प्राप्त जनगुनासोका आधारमा बाँके ट्राफिक प्रमुख कनक शाही सहितको टोली खटिएर नेपालगन्ज–सुर्खेत रत्न राजमार्ग खण्डमा विशेष ट्राफिक चेकजाँच गरिएको थियो।

चेकजाँचका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने १५७ वटा सवारी साधनलाई नियन्त्रणमा लिई आफुखुशी जडान गरिएका हुड तथा अतिरिक्त सिट हटाउन लगाइएको ट्राफिक प्रमुख शाहीले जानकारी दिनुभयो। साथै, चालकहरुलाई ट्राफिक नियमको पूर्ण पालना गर्न सचेत गराउँदै आवश्यक कारबाहीपछि सवारी साधन छोडिएको बताइएको छ।

ट्राफिक प्रहरीले सार्वजनिक सवारी सुरक्षित र व्यवस्थित बनाउन यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख