बाँके-१३,कार्तिक ।

कोहलपुर प्रहरीले चितुवाको छाला र हाडसहित तीन जनालाई कोहलपुरबाट पक्राउ गरेको छ ।
उनिहरुलाई शुक्रवार साझा ७ बजेको समयमा पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालका अनुसार वन्युजन्तु चितुवाको छाला र हाडको ओसार पसार भैरहेको भन्ने विशेष सुचनाका आधारमा प्रहरी टोलीले कोहलपुर ११ स्थित सागर गेष्ट हाउसको कोठा नम्बर २०५ मा छापा मार्दा तीनजनालाई चितुवाको छाला एक थान र १ किलो ४० ग्राम चितुवाको हाडसहित नियन्त्रणमा लिन सफल भएको हो ।

पक्राउ परेकाहरुमा बाँके राप्तीसोनारी ९ का ३५ वर्षिय हिरासिंह विक, सुर्खेत पंचपुरी नगरपालिका ७ बस्ने २४ वर्षका रमेश बयक र सोही ठाउँका २८ वर्षका बसन्त बिसी रहेको डीएसपी खनालले बाँके अपडेट लाई बताए ।

उक्त बिषयमा आवश्यक अनुसन्धान भइरहेको र अनुसन्धान पछि जिल्ला बन कार्यालयको जिम्मा लगाइने डिएसपि खनाल ले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख