२७ बैशाख,

बाँके । कोहलपुर नगरपालिका–१३ अन्तर्गत पूर्व–पश्चिम राजमार्ग नजिक रानी सामुदायिक वन क्षेत्रमा एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार आर्मी चेकपोइन्टदेखि करिब ३ किलोमिटर पूर्वतर्फ सडक छेउको नाला माथि अन्दाजी ४०–४२ वर्ष उमेरका जस्तो देखिने पुरुषको शव फेला परेको हो।

मृतकले माथिल्लो शरीरमा पहेँलो रङमा कालो धर्का भएको टिसर्ट तथा तल्लो शरीरमा निलो जिन्स पाइन्ट लगाएका छन्। उनको हल्का दाह्री–जुँगा रहेको प्रहरीले जनाएको छ।

हालसम्म मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको तथा आफन्तजन पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। शवको पहिचान गर्न सक्ने व्यक्ति वा आफन्तलाई इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख