
२७ बैशाख,
बाँके । बाँकेको खजुरा गाउँपालिका–६ उढरापुरमा कारको ठक्करबाट २ वर्षीय बालकको मृत्यु भएको छ ।
बा.प्र. ००१–०३० च २८५१ नम्बरको कारले ठक्कर दिँदा स्थानीय सलमान अहमद जोलाहाको छोरा २ वर्षीय अरहान अहमद जोलाहाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
घटनापछि कार चालक खजुरा गाउँपालिका–७ निवासी ४० वर्षीय मोसिन खाँ प्रहरी नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








