२७ बैशाख,

बाँके । कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित नगर विकास समितिको मातहतमा रहेको क्रिकेट मैदान आसपासका अतिक्रमित जमिनमा बनेका सुकुम्बासी बस्तीमा आज आइतबार पनि डोजर चलाइने भएको छ।

नगरपालिकाले अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा हटाउन दिएको १० दिने अल्टिमेटम शुक्रबार सकिएसँगै शनिबार दिउँसोदेखि डोजर अभियान सुरु गरेको थियो। पहिलो दिनमै करिब ४० वटा घरटहरा भत्काइएको नगरपालिकाले जनाएको छ।

आज दोस्रो दिन पनि हटाउने अभियान जारी रहने भएपछि बस्तीका स्थानीय बिहानैदेखि सामान सुरक्षित स्थानमा सार्ने, घर खाली गर्ने तथा केहीले आफैं घरटहरा भत्काउने काम गरिरहेका छन्।

यता कोहलपुर नगरपालिकाले वास्तविक भूमिहीन तथा सुकुम्बासीको पहिचानका लागि गृहकार्य भइरहेको जनाएको छ। नगरपालिकाले विस्थापित परिवारहरूको अस्थायी व्यवस्थापनका लागि १६ स्थानमा होल्डिङ सेन्टर स्थापना गरिएको पनि जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख