२५ फागुन,

काठमाडौँ : गगन थापाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिने तयारी गरेको बताएका छन्।

सोमबार साँझ बिश्वप्रकाश शर्मासँग भएको छलफलमा थापाले पार्टीको हारको जिम्मेवारी आफूले लिने भन्दै राजीनामा दिने मनस्थिति बनाएको जानकारी गराएका हुन्।

नयाँ बानेश्वरमा भएको उक्त भेटमा शर्माले भने तत्काल राजीनामा नदिन सभापति थापालाई सुझाव दिएका छन्। पार्टीले चुनावी परिणामको समग्र समीक्षा गरेर आगामी रणनीति बनाउनु आवश्यक भएको बेला राजीनामाले संगठन झनै अप्ठ्यारोमा पर्ने उनको धारणा रहेको बताइएको छ।

शर्माले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेको केही दिनमै उम्मेदवारी दर्ता गर्नुपरेको र करिब ५० दिनमै निर्वाचन सम्पन्न भएको भन्दै पराजयको सम्पूर्ण दोष अहिलेको नेतृत्वलाई मात्र दिन नहुने तर्क गरेका छन्।

पार्टीभित्र चुनावी परिणामबारे गम्भीर समीक्षा आवश्यक रहेको र त्यसपछि मात्रै अगाडिको रणनीति तय गर्नुपर्ने नेताहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित ख