१४ फागुन,

बाँके – नेपालका पूर्वप्रहरी प्रमुख चन्द्रकुवेर खापुङले भदौ २३ गतेको जेनजी प्रदर्शनका क्रममा हजारौं निहत्था युवा प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिएको बिबिसी अनुसन्धानमा खुलेको छ।

भदौ २३ गतेको जेनजी प्रदर्शनका क्रममा मारिएका १९ जनामध्ये थुप्रै विद्यालय पोशाकमा थिए। घटनामा ठूलो संख्यामा प्रदर्शनकारीहरू घाइते भएका थिए।

बीबीसी वर्ल्ड सर्भिसको टोलीले भदौ २३ गतेको घटनाबारे विस्तृत अनुसन्धान गरेर सार्वजनिक गरेको ४१ मिनेट लामो भिडियोमा ‘पिटर १’ कल साइन प्रयोग गर्ने व्यक्तिले कर्फ्यू लागू भएको १० मिनेटपछि र फिल्डमा रहेका अधिकारीहरूले घातक हतियार प्रयोग गर्न बारम्बार अनुमति मागेपछि आफ्ना अधिकारीहरूलाई ‘आवश्यक बल प्रयोग गर्न’ आदेश दिएको खुलेको छ।

बीबीसीले परीक्षण गरेको भिडियो प्रमाणले १९ जना पीडितमध्ये सबैभन्दा कान्छा १७ वर्षीय श्रीयम चौलागाईं निहत्था रहेको र मृत्यु हुनुअघि शान्तिपूर्ण रूपमा घटनास्थलबाट बाहिरिने प्रयास गरिरहेको देखिएको छ।

भदौ २३ गतेको घटनामा १९ जना निहत्था युवाहरू मारिएपछि भोलिपल्ट भदौ २४ गतेको आगजनी र तोडफोडमा सिंहदरबारसहित सयौँ सरकारी संरचनाहरू सखाप पारिएका थिए भने २ दिनको घटनामा ७८ जना मारिएका थिए।

बिबिसीले सार्वजनिक गरेको भिडियोमा कल साइन पिटर १ (तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ) ले आदेश दिए: ‘कर्फ्यु लागू भइसकेको छ। अनुमति लिन थप आवश्यक छैन। आवश्यक बल प्रयोग गर्नु।’

घटनाको दबाबका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा गर्दै नेपाली सेनाको हेलिकप्टर चढेर अज्ञात ठाउँमा गएका थिए।

प्रतिक्रिया

सम्बन्धित ख