५ फागुन,

सुर्खेत सुर्खेतमा प्रहरीले हवाई फायर गरी लागुऔषध (ब्राउनसुगर) सहित एक जनालाई पक्राउ गरेको छ।

गए राति करिब १०:०० बजे वीरेन्द्रनगर नगरपालिका–८ मा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोली उक्त स्थानमा पुगेको थियो।

प्रहरीका अनुसार चिङ्गाड गाउँपालिका–४ बस्ने अन्दाजी ४७ वर्षीय ललित चन्दलाई शंकास्पद अवस्थामा फेला पारिएको थियो। उनलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि हातपात तथा आक्रमण गरी ठूलो मात्रामा ब्राउनसुगरसहित भाग्न खोजेको जनाइएको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो। त्यसपछि उनलाई नियन्त्रणमा लिई गरिएको खानतलासीका क्रममा शुद्ध ३६ ग्राम ७३० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चन्दलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याई लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरिएको छ। म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापा, जिल्ला प्रहरी कार्यालय सुर्खेत) ले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख