१६ माघ,

बर्दिया – बर्दियामा एक लाख ५० हजार घुस रकमसहित एक ईन्जिनियर रंगेहात पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बारबर्दिया नगरपालिकाका ईन्जिनियर मोहन देव मल्ल रहेका छन्।

बिहीबार अख्तियार कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले पक्राउ वरेको हो।

मल्लले बारबर्दिया ७ मा रहेको जनता माध्यमिक बिद्यालय रम्भापुरको ४ कोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग उक्त रकम घुस लिएका थिए।

उनलाई पक्राउ गरि अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख