२४ पुस,

बाँके । लागू औषध मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

बाँके जिल्ला अदालतको मिति २०८२।०१।३१ गतेको फैसलाअनुसार ३ वर्ष कैद सजाय तथा रु. १,५०,०००/- (एक लाख पचास हजार) जरिवाना तोकिएका जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका–२३, जंगलिसिंहपुरवा बस्ने २७ वर्षीय अली हुसेन बेहनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका प्रतिवादीलाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख