२४ पुस,

बाँके । भारत–नेपाल सीमाको सुरक्षा व्यवस्थालाई थप कडा प्रविधिमैत्री बनाउने उद्देश्यले भारतको सशस्त्र सीमा बल (एसएसबी) ले नेपालगन्ज–रुपईडिहा नाकामा फेस डिटेक्सन क्यामेरा जडान गरेको छ। भारत र नेपालबाहेक अन्य देशका नागरिकहरू अवैध रूपमा भारत प्रवेश गर्न नपाउन् भन्ने लक्ष्यका साथ यो नयाँ प्रणाली लागू गरिएको हो।

यसअघि नेपालगन्ज–रुपईडिहा सीमा हुँदै आवतजावत गर्ने भारत र नेपालका नागरिकले अनिवार्य रूपमा परिचय पत्र देखाउनुपर्ने व्यवस्था थियो। अब भने परिचय पत्रको जाँचसँगै सीमामा जडान गरिएका क्यामेराबाट यात्रुहरूको अनुहारको डिजिटल रेकर्ड पनि संकलन गरिनेछ। यस प्रणालीमार्फत सीमाबाट प्रवेश गर्ने तथा बाहिरिने व्यक्तिहरूको पहिचान थप प्रभावकारी रूपमा गर्न सकिने एसएसबीले जनाएको छ।

एसएसबीका अनुसार फेस डिटेक्सन क्यामेराले तेस्रो देशका नागरिकको अवैध आवतजावत रोक्न सहयोग पुर्‍याउनेछ। साथै, सीमामा हुने शंकास्पद गतिविधि निगरानी गर्न, अपराध नियन्त्रण गर्न र समग्र सीमा सुरक्षालाई मजबुत बनाउन यो प्रविधि महत्वपूर्ण हुने विश्वास लिइएको छ।

नयाँ प्रविधि प्रयोगसँगै भारत–नेपाल सीमामा सुरक्षा संयन्त्र अझ व्यवस्थित र आधुनिक बन्ने अपेक्षा गरिएको छ। एसएसबीले सीमा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै दुवै देशबीचको खुला सीमालाई सुरक्षित राख्ने दिशामा यो कदम महत्वपूर्ण भएको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित ख