२१ पुस,

बाँके : निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहनेगरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत तोकेको छ । 

आयोगले आइतबार नै ७७ जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको हो। आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ । यही पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा ८ बमोजिम न्याय परिषद्को परामर्शमा ८८ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको थियो। 

आयोगका अनुसार यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आगामी माघ २ गतेदेखि आफ्नो निर्वाचन क्षेत्रमा खटिन निर्देशन दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख