१६ पुस,

बाँके : पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। 

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु. ४, डिजेल/मट्टितेलमा प्रतिलिटर रु. ५ ले घटाइएको छ। 

त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. ६ र हवाई इन्धन अन्ताराष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ । 

साथै, एलपी. ग्याँसको मूल्य बढेर आए पनि बिक्री मूल्य यथावत् राखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।  

प्रतिक्रिया

सम्बन्धित ख