२९ मंसिर,

बाँके — बाँके प्रहरीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेका ब्रोइलर कुखुराका चल्ला बरामद गरेको छ।

बाँकेको जानकी गाउँपालिका–०१ पचपोखरी क्षेत्रमा खटिएको प्रहरी टोलीले भारतबाट अवैध रूपमा ल्याइँदै गरेको ५८५ वटा (९ कार्टुन) ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिएको हो।

बरामद गरिएका चल्लाहरू आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगञ्ज, बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख