२९ मंसिर,

बाँके । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा शिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा साथीको मृत्यु भएको छ ।

जङ्गलमा मकवानपुरको राक्सिराङ गाउँपालिका-८ राजराङ्गका ४५ वर्षीय गोपाल ब्लोनले बोकेको भरुवा बन्दुक पड्किएर उनीसँगै शिकार गर्न हिँडेका मनहरी गाउँपालिका–६ बालुभञ्जाङ निवासी ५० वर्षीय सेते थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार ब्लोन र सेते दुवै जनासँगै एकएक थान भरुवा बन्दुक बोकेर जङ्गलमा शिकार गर्न हिँडेकामा अगाडिरहेका ब्लोन लहरामा अल्झिएर लडेपछि अचानक बन्दुक पड्किएको र पछिपछि आइरहेका थिङको बन्दुकको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो। 

घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचरीबाट खटिएको प्रहरी टोलीले दुवै हतियारसहित ब्लोनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए। मृतकको परीक्षणका लागि अस्पताल ल्याउने तयारी भइरहेको र घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया

सम्बन्धित ख