२८ मंसिर,

बाँके — जिल्लाको खजुरा गाउँपालिका अन्तर्गतका विभिन्न वडामा अबैध रुपमा बालुवा तथा माटो उत्खनन् एवं ढुवानी गर्दै आएका सवारी साधनहरु बाँके प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला बाँके खजुरा गाउँपालिका वडा नम्बर ५, ६ र ८ का विभिन्न स्थानमा सञ्चालन गरिएको अनुगमन तथा चेकजाँचका क्रममा अबैध उत्खनन् र ढुवानीमा संलग्न १ वटा जेसीबी, १ वटा टिप्पर र ११ वटा ट्र्याक्टर गरी जम्मा १३ वटा सवारी साधन नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका सवारी साधनहरुलाई आवश्यक कारवाहीका लागि खजुरा गाउँपालिकाको कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख