
२६ मंसिर,
दीपेन्द्र थापा क्षेत्री/बाँके : नेपाल प्रहरीका पूर्व अतिरिक्त महानीरीक्षक (एआईजी) राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन ।
शुक्रवार अपरान्ह सिंहदरवारमा पुगेर ऊनी पदभार ग्रहण गरेका हून।
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले नागरिकलाई सुशासनको प्रत्याभूति हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नवनियुक्त मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित अपराधको जालो तोडन आफूले कठोर कदम चाल्ने घोषणासमेत गरे। स्पेशल टाक्सफोर्स नै बनाएर आफूले काम गर्न चाहेको उनको भनाइ थियो।
नवनियुक्त मन्त्री भण्डारीले आफूले लामो भाषण नभई कामै गरेर देखाउने अठोट लिएको पनि बताए।
प्रहरी सेवाबाट अवकाश भएको करिब एक दशकपछि उनी मन्त्री बनेका हुन् ।








