२५ मांसिर,

काठमाडौँ — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी र सरकारबीच भएको भनिएको समझदारीलाई “कलाविहीन भद्दा नाटक” भएको टिप्पणी गरेका छन्।

बिहीबार राजधानी काठमाडौँमा आयोजित सम्पादकहरूसँगको संवादमा उनले वर्तमान सरकार कुनै पनि प्रणाली वा व्यवस्थाबारे सम्झौता गर्ने अधिकारमै नभएको दाबी गरे। ओलीले सरकारले जनप्रतिनिधिका अधिकारभन्दा बाहिर गएर काम गरेको आरोप लगाए।

उनका अनुसार, कुनै पनि शासन प्रणाली वा व्यवस्थासम्बन्धी गम्भीर निर्णय गर्ने अधिकार सरकारसँग छैन।

“सरकार र जेन–जीबीच भएको सम्झौता त्यहीं च्यातेर अस्वीकृत भएको छ, धेरै टिप्पणी गर्नै आवश्यक छैन,” उनले स्पष्ट पारे।

अध्यक्ष ओलीले वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने जिकिर गर्दै संसद पुनःस्थापनाबाहेक अर्को विकल्प नभएको बताए।

उनका अनुसार, राजनीतिक स्थिरता र संवैधानिक मार्गनिर्देशनका लागि संसद पुनःस्थापना नै अनिवार्य हुँदै गएको छ।

उनीले समग्र राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सरकारले संविधान र व्यवस्थामाथि हस्तक्षेप गर्ने प्रयास बन्द गर्न समेत आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित ख