७ साउन,

काठमाडौं, नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ।

मंगलबार मध्यरातसम्म चलेको बैठकपछि पार्टीले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको हो। यससँगै एमालेले पूर्वराष्ट्रपति भण्डारीको पुनः राजनीतिमा प्रवेशको ढोका बन्द गरेको छ। अब भण्डारीसँग पार्टीको निर्णय चूपचाप स्वीकार गर्ने वा अवज्ञा गर्ने दुई विकल्प मात्र बाँकी छन्।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकपछि जानकारी दिँदै भने, “राष्ट्रपति पद एकताको प्रतीक हो, त्यसैले पूर्वराष्ट्रपतिले दलको सक्रिय कार्यकर्ता बन्नु अनुचित ठहरिएको छ।”

तर, बैठकमा पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले भने उक्त निर्णयप्रति असहमति जनाएका छन्।

बैठकले पूर्वराष्ट्रपति राजनीतिमा फर्किनु गलत नजिर बन्ने ठहर गर्दै यस्तो कदम स्थापित मान्यताको विरुद्ध हुने निष्कर्ष निकालेको गौतमले बताए।

साथै, बैठकले पार्टीको केन्द्रीय कमिटी सदस्य संख्या २५१ र पदाधिकारी संख्या १५ रहने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख