११ बैशाख,

बाँके । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको नाम दर्ता (लाइसेन्स) खारेज गरेको छ।

नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी र नागरिकता लिएको पुष्टि भएपछि ती चिकित्सकहरूको काउन्सिलको दर्ता किताबबाट नाम हटाइएको हो।

काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ र नेपाल नागरिकता ऐन २०६३ बमोजिम ती चिकित्सकहरूको दर्ता खारेज गर्ने निर्णय भएको जनाएको छ। यो निर्णय सूचना प्रकाशित भएकै मितिदेखि लागू हुने भएको छ।

दर्ता खारेज गरिएका चिकित्सकहरूले बेलायत (ब्रिटिस), अमेरिका (अमेरिकी), अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारतको नागरिकता लिएको पाइएको छ।

नेपाली नागरिकका रूपमा काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले विदेशी नागरिकता लिएपछि पुरानो दर्ता स्वतः अवैध हुने कानुनी व्यवस्था छ।

प्रतिक्रिया

सम्बन्धित ख