६ चैत्र,

बाँके  : खजुरास्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियन(स्ववियु) अध्यक्षमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानल निर्वाचित भएको छ । क्याम्पसमा मंगलबार सम्पन्न भएको निर्वाचन परिणाम अनुसार अध्यक्ष पदमा अनेरास्ववियुका सर्विन महतो निर्वाचित भएका हुन् । उनी अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलका उम्मेदवार थिए । महतोले १ सय १२ मत प्राप्त गरेका थिए ।

यस्तै सचिवमा सविनकुमार खत्री र कोषाध्यक्षमा ममता कार्की निर्वाचित भएका छन् । सचिव र कोषाध्यक्षमा निर्वाचित दुबै जना नेविसंघ सम्बद्ध हुन् । यसैगरी सदस्यहरुमा कसिस लामा, निरुता रावत र आस्थाकुमारी थारु निर्वाचित भएको निर्वाचन समितिले जनााएको छ । सदस्यमा निर्वाचित भएका मध्ये लामा र रावत अखिल र थारु नेविसंघ सम्वद्ध हुन् । 

अखिल क्रान्तिकारी नेतृत्वको संयुक्त प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार मो. आसिफ साईले ६४ मत प्राप्त गरेका थिए । कुल २ सय १ मतदाता रहेकोमा १ सय ७७  मत खसेको थियो । 

प्रतिक्रिया

सम्बन्धित ख