
१५ कात्तिक,
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँस्थित मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
सुर्खेत गुर्भाकोट नगरपालिका-९ बोटेचोरका ३२ वर्षीय अर्जुन कार्कीले चलाएको कप्र –०२००२ प ०६६० नम्बरको मोटरसाइकलले साइकल यात्रुलाई ठक्कर दिँदा मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट ५० वर्षीया मोती थारुको मृत्यु भएको हो । थारुको टाउकोमा गहिरो चोट लागेको थियो ।
जिल्ला अस्पताल, गुलरियामा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।





