
१२ कात्तिक,
बर्दिया । बर्दियामा राति १० बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ ।
देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दा शान्तिपूर्ण मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले राती १० वजेको समयभित्र सम्पन्न हुने गरी गर्न सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी रोशन कुमार कठायतले जानकारी दिए ।
चाडपर्वहरुको अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कानून विपरीत जुवातास, लड्डुरवुर्जा खेलाउने, भुईचम्पा, पटका, आतसवाजी जस्ता विपद् जोखिम निम्त्याउने तथा वातावरण प्रदुषण हुने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, विक्री वितरण गर्ने जस्ता कार्य नगर्न नगराउनु हुन अनुरोध गरिएको छ ।
यद्यपि कानूनले निषेध गरेका गतिविधि गरे/गराएमा कानून वमोजिम कारबाही हुने जनाइएको छ ।





