
१२ कात्तिक,
बाँके । तिहार झिलिमिलि बत्ति र फूलको पर्व हो । एक आपसमा खुशी बाँड्दै रमाइलो गरि देउसी र भैली खेल्दै मनाइने चाड हो, तिहार !
आजको मितिबाट तिहार आउन २ दिन मात्र बाँकी छ । तिहार नजिकिए सँगै नेपालगन्ज स्थित रहेको बागेश्वरी मन्दिर बत्ती बालेर झिलिमिली बनाइएको छ । हरेक वर्ष झै हो वर्ष पनि मन्दिर झिलिमिली बनाइएको हो ।
तिहारमा दियो, बत्ति बालेर घरलाई झिलिमिलि पारिन्छ । फूलको मालाले सिंगारिन्छ । अझ लक्ष्मीपूजाको साँझमा हरेक घरमा उज्यालो हुन्छ । परम्परागत दियो बाल्ने चलन हिजोआज लोप भएर आधुनिक झिलिमिलि बत्तिले ठाउँ पाएको छ ।
तस्बिरमा हेर्नुहोस्





तस्बिर : ब्युटी अफ नेपालगन्ज





