
११ कात्तिक,
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका-८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ३० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-२ लोकनगर बस्ने १९ वर्षीय राजु थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको
छ ।





