
११ चैत्र,
सुरज चौधरी/बाँके । कोहलपुर नगरपालिकाले नगर कार्यपालिका भित्र रहेका २२ सहकारी संस्था संग सहकारीको विवरण माग गरेको छ ।
सहकारी संस्थाहरुमा हुने कारोबारहरुको प्रतिवेदन नगरपालिकाले सूचना प्रकाशित गर्दै माग गरेको हो ।
सहकारी संस्थाहरुको विवरण समय-समयमा माग गरिकोमा हाल सम्म सहकारीहरु सम्पर्कमा नआएको, नगरपालिकामा बुझाउनुपर्ने नियमित प्रतिवेदन पेश गरेको नपाइएको र सहकारी चालु अवस्थामा रहे नरहेको समेत यकिन गर्न नसकिएको हुँदा प्रतिवेदन माग गरिएको अधिकृत अग्नि प्रसाद आचार्यले जानकारी दिए।
सूचना प्रकाशित भएको १५ दिन भित्रमा सहकारीको विवरण उपलव्ध नगराएमा सहकारी निष्क्रिय रहेको मानी कोहलपुर नगरपालिकाको सहकारी ऐन २०७४ बमोजिम दर्ता खारेजीका लागि प्रक्रिया अगाडि बढाइने अधिकृत आचार्यले बताए ।







