
६ भाद्र,
बाँके। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बाँकेले कोहलपुर नगरपालिकालाई चेतावनी दिएको छ ।
गरिब, अव्यवस्थित बशोवास, सुकुम्बासी, भुमिहिन हरुकाे बैकल्पिक व्यवस्थाकाे लागि विभिन्न माग गर्दै अन्यथा जनताको बिचमा रहेर अनवरत रुपमा संघर्ष गर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टीले चेतावनी दिएको हो।
बाँके जिल्लाकाे काेहलपुर नगरपालिका वडा नं ११ मा रहेकाे शान्ति नगर बस्तीमा विभिन्न ठाउहरु बाट लामाे समय देखि भुमिहिन, गरिब तथा निमुखा बर्गका विभिन्न नागरिकहरु काे बसाेबास गर्दै आएका छ्न । उक्त बस्तिलाइ स्थानिय सरकारले हटाउने तयारी गरेको छ ।
सोही सम्बन्धमा बस्तिलाइ उचित व्यवस्थापन नभई विस्थापित गर्ने जवरजस्ति उठाउने निर्णय गरेको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीले घोर आपत्ती जनाएको छ।
साथै नगरपालिका भित्र रहेका सुकुम्बासी ,भुमिहिन र अव्यवस्थित बसोवास गरि रहेका नागरिकलाई बैकल्पिक व्यवस्थापन गरि बस्तिलालाई व्यवस्थित गर्न राजनैतीक दल नामक भ्रष्टहरुकाे दबाबमा परेर उक्त बस्तीको नागरिकलाई दुःख सास्ती दिने काम नगर्न क्रान्तिकारी कम्युनिष्ट पार्टीले माग गरेको छ ।









