६ असार,

बाँके। खेलकुद र खेलाडीको समग्र विकासका लागि बाँकेको कोहलपुर नगरपालिकामा खेलकुद विश्वविद्यालय स्थापना गर्न अनिवार्य रहेको सांसद सुर्य प्रसाद ढकालले बताएका छन ।

सांसद ढकालले बुधबार प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको बजेट शीर्षकमा बोल्दै गर्दा उक्त कुरा बताएका हुन्।


“खेलकुद र खेलाडीको समग्र विकास गर्ने एक वडा एक खेल मैदान, एक पालिका एक कावर्ड हल, कोहलपुर नगरपालिकामा खेलकुद विश्वविद्यालयको स्थापना, १ देखि १० कक्षा सम्म खेलकुद पाठ्यक्रम लागू गर्न अनिवार्य रहेको” सांसद ढकालले भने ।

यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय बाट मेडल ल्याउनेहरु लाई राज्यको तर्फबाट तलब दिने व्यवस्था गर्नुपर्ने उनले सुझाए ।

जिल्ला स्तरिय खेलमा विजयी प्राप्त गरेकालाई विद्यालय तथा कलेज बाट प्राप्त गरेको परिचय पत्रको आधारमा स्वास्थ्य, यातायात, विद्युत कर र आदिमा छुट दिने व्यवस्था गरियो भने खेल क्षेत्रमा खेलाडीको मनोबल उच्च राख्न सकिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख