
१२ वैशाख,
तनहुँ : तनहुँमा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भएका छन्। ३४ हजार ४८० मतका साथ उनी निर्वाचित भएका हुन्।
वाग्लेले निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई १४ हजार ३८८ मतले पछि पारे । भट्टराईले २० हजार ९२ प्राप्त गरे। त्यस्तै, नेकपा एमालेका उम्मेद्वार सर्वेन्द्र खनालले ८ हजार ५५५ मत पाए।
यस क्षेत्रमा कुल ६५ हजार २९८ मत खसेको थियो।







