
३० चैत्र,
बाँके । नेपाली कांग्रेस कोहलपुर-३ वडा कार्यसमिती ले नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।
चैत्र २८ गते बसेको बैठकमा कोहलपुर-३ वडा कार्यसमितीले निर्णय गरेको हो ।
आगामी वैशाख ८ गते नव वर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा चिया पान कार्यक्रम हुने वडा सभापति गणेश बाहादुर थापाले बताउनु भयो ।
उक्त बैठकमा कोहलपुर ३ का वडा सभापति गणेश बहादुर थापा, प्रवक्ता मोहन नाथ योगी , सचिव क्षेत्र प्रसाद अचार्यका साथै क्षेत्रीय प्रतिनिधि तथा नगर सदस्य हरु को उपस्थिति रहेको थियो ।





