
१ चैत्र,
✍️सुरज राजवंशी / बाँके । मध्पश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस स्ववियु निर्वाचनको नेपाल विद्यार्थी संघका तर्फ बाट कोषाध्यक्ष पदमा नवराज विकले उम्मेदवारी दिएका छन । विक कोषाध्यक्ष पदमा विजयी भई ईतिहास रच्ने दौडमा छन ।
मध्पश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पसहरुमा चैत्र ३ गते स्ववियुको निर्वाचन हुँदैछ ।
को हुन् नवराज विक ?
जाजरकोट जिल्ला साविक टालेगाउ हालको ब्यास कुशे गाउपालिका वडा न- २ म मध्यमवर्गीय किसान परिवार बुवा राम बहादुर कामी र आमा पान नेपालीको कोखबाट बि स – २०५७ बैशाख २ गते नवराज बि.क.को जन्म भएको थियो ।
हाल बाँकेको कोहलपुर नगरपालिका वडा न-१२ दाउनमा बसोबास गर्दै आएका बिक शिक्षा शास्त्रमा मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा अध्यनरत रहेका छन।
२०६२-०६३ को जनआन्दोलनमा उनको घरपरिवारले बोक्नु परेको दुख आफ्नो बाबाको मुख बाट सुने पश्यात नवराज बि.क २०६७ सालमा उनी १० बर्षको उमेरमा राजनीतिमा होमिएका थिए त्यसपछि वि.क.ले २०६९ सालमा १२ बर्षको उमेरमा बाल विद्यार्थीको टोल संयोजक भएर काम गरेका थिए।
विद्यार्थीका हक र हितका लागि काम गर्नका लागि राजनीतिक संघर्षमा संलग्न भएका विक २०७३ सालमा साविकको गाविस टालेगाउमा रहेको श्री मान्ने ढुङ्गा माध्यमिक बिध्यालयबाट माध्यमिक तह दोस्रो स्थान हासिल गरेका थिए । त्यो बेलाको माध्यमिक तहलाई हाल निम्मा माध्यमिक तह पनि भनिन्छ। सोही अध्यनको क्रममा कक्षा कमिटीको अध्यक्ष भएर राजनीति यात्रा निरन्तर अगाडि बढाएका थिए।जब माध्यमिक तह पार गरे त्यसपछि विकले आफ्नो अध्यनलाई निरन्तर अगाडि बढाए र सोही विद्यालयको २०७४ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्षको रुपमा काम गरेका थिए ।
२०७४ सालमा नै उनी नेपाली काङ्ग्रेस जिल्ला सभापति दिपकजंग शाहको पालामा नेपाल विद्यार्थी संघको जिल्ला सदस्यमा निर्बिरोध निर्वाचित भएका थिए। त्यसको लगत्तै २०७६ सालमा वि.क ले(+2) अर्थात माध्यमिक तह राम्रो अङ्क ल्याएर पास गरेका थिए।
२०७६ सालमा माध्यमिक तह उतिर्ण पछि अनि उच्च शिक्षा (स्नातक) तह अध्यनका लागि दुर्गम पहाडको त्यो ठाउँबाट बाँकेको कोहलपुर झरेका थिए र सोही जिल्ला अवस्थित बागेश्वरी क्याम्पस कोहलपुरमा आफ्नो उच्च शिक्षाको थालनी गर्न थाले र उच्च शिक्षाको थालनिकै क्रममा क्याम्पस इकाई सभापति राम पाण्डेको पालमा सदस्यको रुपमा काम गरेर विद्यार्थी हक हितका लागि रातदिन नभनेर अवरत रुपमा लागि परेका छन।
हाल विक विद्यार्थी राजनीतिकै क्रममा (स्ववियु) स्वतन्त्र विद्यार्थी युनियनमा नेपाल विद्यार्थी संघ(नेविसंघ) को तर्फबाट कोषाध्यक्ष पदको उमेदवार पनि रहेका छन। हाल उनी बि.एड पाँचौ सेमेस्टरमा अध्यनरत रहेका छन।





