
सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेसक्याम्प, बिष्णुपुराका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनलेसेवाग्राहीसँग टयाक्ट्ररमा माटो ओसारपसार गर्ने क्रममा घुस / रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीनिवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीलेनिज सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनलाई सेवाग्राहीबाट रु.२०,०००।– (बीस हजार रुपैयाँ) घुस / रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला रुपन्देही, गैडहवा गाउँपालिका वडा नं. ३ मंगलपुरबाटमिति २०७९।११।२१ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।








