१० बैशाख,

बाँके — बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं. २ र ६ क्षेत्रमा अवैध रूपमा माटो उत्खनन् तथा ढुवानी भइरहेको अवस्थामा प्रहरीले ३ वटा जेसीबी र ४ वटा टिप्पर नियन्त्रणमा लिएको छ।

बैशाख ८ र ९ गते इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उक्त सवारी साधनहरू नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक रमेश बिष्टका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनलाई कारबाहीस्वरूप कुल ४० हजार रुपैयाँ जरिवाना गरिएको छ।

प्रहरीले अवैध उत्खनन् तथा ढुवानी नियन्त्रणका लागि अनुगमनलाई थप कडाइ गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख