१० बैशाख,

बाँके — बाँके जिल्लाको नेपालगंज र कोहलपुर क्षेत्रमा लागू औषध तथा अनैतिक क्रियाकलाप विरुद्ध प्रहरीले व्यापक कारबाही गरेको छ।

वैशाख ९ गते साँझ ५:३० बजेदेखि मध्यरात १२ बजेसम्म सञ्चालन गरिएको विशेष अपरेसनमा कुल १२७ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार लागू औषध विक्रि–वितरण, ओसारपसार तथा सेवनमा संलग्न १११ जना र विभिन्न होटलमा अनैतिक गतिविधिमा संलग्न १६ जना पक्राउ परेका हुन्।

नियन्त्रणमा परेकामध्ये सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ का ३१ वर्षीय साहिल नेपालीलाई लागू औषध मुद्दामा जिल्ला अदालत बाँकेबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। त्यस्तै, वीरेन्द्रनगर–१३ घर बताउने २२ वर्षीय चन्द्र नेपालीलाई १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी, होटलहरूबाट पक्राउ परेकामध्ये २ जना होटल सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको छ।

लागू औषध सेवनकर्ताहरूलाई भने अभिभावकको उपस्थितिमा परामर्श दिई अभिभावककै जिम्मा लगाइएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी निरीक्षक रमेश बिष्टका अनुसार लागू औषध र अनैतिक गतिविधि नियन्त्रणका लागि यस्ता अभियान निरन्तर सञ्चालन गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित ख