२२ फागुन,

बाँके । मध्यपश्चिम बिश्वबिद्धालयको आङ्गिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा नेपाल विद्यार्थी संघले उम्मेदवार चयन गरेको छ ।

चैत्र ३ गते हुने स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा नेविसंघका तर्फबाट चुनाव लड्ने उम्मेदवारको छनौट गरेको हो ।

नेविसंघका तर्फबाट स्ववियू सभापतिका लागि टिका शाही ठकुरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

यस्तै सचिवमा युवराज बिष्ट, कोषाध्यक्षमा नवराज विक उम्मेदवार बनेका छन् । सदस्यहरुमा आर्यन जोशी ,वसन्त खत्री, रामकृष्ण थारु र ऐलिन ठकुरी रहेका छन् । उक्त टोलीले आइतबार मनोनयन दर्ता गराएका छन ।

बागेश्वरीमा स्ववियू निर्वाचनमा आठ विद्यार्थी संगठन दर्ता भएका छन् । मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा चैत्र ३ गते स्ववियु निर्वाचन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित ख