
९ फागुन,
काठमाडौं : टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ।
सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको टर्कीको सरकारी समाचार संस्था अनादलुले जनाएको छ ।
नयाँ भूकम्पमा परि तीन जनाको मृत्यु भएको। भूकम्पको सिरियामा पनि प्रभाव परेको छ। दुई देशमा गरि ६०० भन्दा धेरै घाइते भएका छन्।
केही समय अगाडिमात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशालि भूकम्प जाँदा त्यहाँ ४४ हजारभन्दा धेरैको मृत्यु भएको थियो।
उक्त शक्तिशालि भूकम्पको उद्धार र राहतको कार्य नसकिंदै फेरि अर्को भूकम्प गएपछि टर्कीमा थप समस्या भएको छ।





