
५ जेठ,
बाँके । बैजनाथ गाउँपालिकामा कांग्रेस उम्मेदवारहरुको अग्रता कायमै छ ।
१७९६५ मत मतगणना गर्दा अध्यक्षका उम्मेद्वार कांग्रेसका प्रकाश बहादुर शाहीले ६८६२ मत पाएका छन् भने एमालेका उम्मेद्वार घननाथ खनालले ५९७६ मत पाएका छन् र माओवादीका युगान्त शाहले १७९६ मत पाएका छन् ।
यस्तै कांग्रेसकी उपाध्यक्षका उम्मेदवार निर्मला रोकायले ६७८४ मत पाएकी छन् भने एमालेकी उपाध्यक्ष प्रेम पूर्ण योगीले ६१७२ मत पाएकी छन् ।





