
राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) ले कोहलपुर नगरपालिका वडा नम्बर ३ मा मेयर पदमा शून्य मत ल्याएको छ ।
कमल थापाले राप्रपा एकता महाधिवेशनमा हार ब्यहोरे पछि विभिन्न आरोप लगाउदै राप्रपा(हलो) परित्याग गरि राप्रपा नेपाल (गोरु) मा समाहित भएका थिए । सोही पार्टीको चिन्ह गोरु लाई संसोधन गरि ‘तिर’ रखिएको थियो । सोही तिर चिन्ह लिएर कोहलपुर नगरपालिकामा मेयर पदमा लक्ष्मी हमाल र उममेयर पदमा कपिल शाहले उम्मेद्बारी दिएका थिए । सोही उम्मेद्बारी सङै भरखरै कोहलपुर वडा नम्बर ३ को मत गणना सकिदै गर्दा एमाले (सुर्य) ले १३०६ मत सहित प्यानल नै बिजय हुदा राप्रपा नेपालले मेयर पदमा भने शून्य(0) मत ल्याएको छ भने उपमेयरमा भने उक्त वडामा ३ मत प्राप्त गर्न सफल भएको छ ।
सोही वडामा राप्रपा (हलो) ले मेयर पदमा १३७ मत प्राप्त गरेको देखिन्छ । देशकै विभिन्न स्थानको मत परिणाम हेर्दा राप्रपा नेपाल निकै कमजोरी स्थितिमा रहेको प्रष्ट देख्न सकिन्छ ।





