२७ फागुन,

बाँके । नेपाल सरकारले २०७९ सालमा शनिबारसहित ९५ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले वर्ष २०७९ का लागि सार्वजनिक गरेको बिदा सूचीमा शनिबारसहित ९५ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । शनिबार बाहेकका ४३ दिन सार्वजनिक विदा हुने मन्त्रलयले जनाएको छ ।

बिहीबार मन्त्रालयले राजपत्र उक्त सूचना प्रकाशित गर्दै वैशाख १ गतेदेखि चैत मसान्तसम्म मुलुकभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि हुने बिदाको सूची राखेको हो ।

वर्ष २०७९ मा ५२ दिन शनिबार र ४३ दिन अन्य बिदा गरि ९५ दिन सार्वजनिक बिदा हुनेछ ।

गृह मन्त्रालयले सार्वजनिक विदासँगै पर्व एवम सट्टा विदा तथा कार्यालय समय पनि निर्धारण गरेको छ।

मन्त्रालयले आगामी वर्षमा वैशाखदेखि कार्तिक १५ सम्म माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तथा कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालय हाजिर हुने र छुट्ने समय तोकेको छ।

शुक्रबारको भने बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालय समय तोकिएको छ।

हेर्नुहोस् कुन–कुन दिन सार्वजनिक विदा

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख