
२३ माघ,
बाँके । बाँकेमा पछिल्लो २४ घण्टामा आइतबार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन परीक्षणमा १३–१३ जनागरी २६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
भेरी अस्पतालको पीसीआर ल्यावमा ६ र कोहलपुर मेडिकल कलेजमा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यी दुई अस्पतालमा ३१ जनाको नमुना जाँच भएको थियो ।
यस्तै भारतबाट फर्किने ३२३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये जिल्लाका ६ जनामात्रै छन् ।
योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ७९९ पुगेको छ । यस्तै आज थप ५० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या जिल्लामा १९ हजार २४६ पुगेको छ ।





