
९ बैशाख,
बाँके – सेयर विवादमा मुछिएका गृहमन्त्री सुधन गुरुङले बुधबार राजीनामा दिएका छन्।
उनले बुधबार सामाजिक सञ्जालमार्फत राजीनामाबारे जानकारी गराएका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको छु।’
उनी गत चैत १३ गते गृहमन्त्री नियुक्त भएका हुन्।








