
९ बैशाख,
बाँके । इलाका प्रहरी कार्यालय कोहलपुरले अरुको नक्कली फेसबुक आइडी बनाइ रकम असुली गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण आचार्यको नक्कली फेसबुक आइडी बनाएर आफन्तसँग रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।
नगर प्रमुख आचार्यका अनुसार, नक्कली फेसबुक बनाई ठगी गरिएको १ लाख ५० हजार रुपैयाँ पनि प्रहरीले फिर्ता गराएको छ ।
पक्राउ परेका व्यक्ति उपर साइबर अपराध अन्तर्गत मुद्दा दर्ता भएको छ ।
नगरप्रमुख आचार्यले आफनो नामको नक्कली आईडी सक्रिए रहेको थाहा पाएपछि फेसबुक मार्फ़त साइबर अपराध गर्ने व्यक्तिहरू विरुद्ध कानुनी प्रक्रिया अघि बढाइसकिएको जानकारी दिदै आफना शुभचिन्तकहरूलाई सचेत रहान आग्रह गरेका थिए ।








