
१९ पुस,
बाँके । साताको दोस्रो कारोबारको दिन (सोमबार) पनि नेप्सेमा हरियाली छाएको छ।
आज बजार ३२.०३ अंकले उकालो लागेर नेप्से परिसूचक दुई हजार ६ सय १६ दशमलव ९४ को विन्दुमा उक्लिएको छ ।
राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.८६ अंकले बढेर चार सय ८७.८७ को विन्दुमा पुगेको छ। आज कारोबार पनि साढे ४ अर्ब रुपैयाँ बढीको भएको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटा समूहमा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ । व्यापार समूह सर्वाधिक ७.०४ प्रतिशतले उकालो लागेको आज लघुवित्त समूह २.८८ प्रतिशतले बढेको छ ।
यस्तै बैंकिङ समूह, विकास बैंक समुह, वित्त समूह, होटेल तथा पर्यटन समूह, जलविद्युत समूह, लगानी समूह, जीवन बीमा समूह, म्युचुअल फन्ड समूह, निर्जीव बीमा समूह र अन्य समूहमा वृद्धि भएको छ । उत्पादन तथा प्रशोधन समूहमा भने ०.०३ प्रतिशतको गिरावट आएको छ।





