१८ पुस,

बाँके । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक बढेको छ ।

बुधबारको तुलनामा आज नेप्से परिसूचक ६०.४१ अंकले बढेर २५८४.९१ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २४० कम्पनीको ७१ लाख ६० हजार ९८३ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब १२ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज पनि सबैभन्दा बढी कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यस कम्पनीको ४४ करोड ९४ लाख २ हजार ५५१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै नबिल बैंक, शिभम् सिमेन्ट, नेपाल बङ्गलादेश बैंक, अपी पावर कम्पनी, नेपाल टेलिकम, ङादी पावर कम्पनी, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, अपर तामाकोशी हाईड्रोपावर, सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको पनि अत्याधिक कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख