
७ पुस,
एक महिनादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको शेयर बजार मापक बुधबार पनि नेप्से परिसूचक उकालो लागेको छ । नेप्से परिसुचक एकैदिन ९२.१६ अंकले बढेर २ हजार ५०७.७० बिन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका २३३ कम्पनीको ८१ लाख ४ हजार ३१९ कित्ता शेयर ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार १४३ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको तुलनामा बुधबार नप्सेको कारोबार रकम पनि दोब्बरले बढेको छ ।
यस्तै कारोबारमा आएका १३ वटै उपसमूहको सूचकहरुमा हरियाली छाएको छ । हरियालि छाएसंगै चार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्।
अरुण भ्याली हाइड्रोपावर डेभलेपमेन्ट, शिवम् समेन्ट, अपर तामाकोशी हाइड्रोपावर र बरुण हाइड्रोपावरका लागनीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतले कमाएका छन्। साथै स्वाभिमान लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन्।





