
१५ कार्तिक,
बाँके । थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल, कोहलपुर मेडिकल कलेज, बागेश्वरी ल्याब गरी तीन वटा प्रयोगशालामा ७८ जनाको कोरोना परिक्षण गर्दा ९ जनामा पुष्टि भएको जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिएका छन ।
कोरोना पुष्टि भएका मध्य बाट सात जना बाँके जिल्लाकै रहेका छन ।
यो क्रम संगै बाँकेमा कोरोना सक्रिय संक्रमितको संख्या ४१ पुगेका छन भने सोमबार ५ जना डिस्चार्ज समेत भएका वलीले बताए ।






