
१२ कार्तिक,
बाँके । बाँकेमा थप १७ जना कोरोना संत्रमित थपिएका छन ।
भेरी अस्पताल, मेडिकल कलेज र बागेश्वरी प्रयोगशालामा गरिएको बाहिरी जिल्लाका समेत गरी १०४ नमुना परिक्षणमा बाँकेका ३ जनासहित १७ जनामा कोरोना पुष्टि भएको बाँके जिल्ला कोभिड फोकल पर्सन तेज वलीले जानकारी दिएका छन ।
उनका अनुसार, हालसम्म बाँकेमा १८ हजार ३ सय ९१ जना संक्रमित भएका छन् । ती मध्ये १८ हजार ३ सय १२ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय ३८ जनाको मृत्यु भएको छ ।
त्यसैगरी जिल्लामा ४८ जना सक्रिय संक्रमित रहँदा १३ जना अस्पताल आइसोलेसनमा छन् भने ४३ जना होम आइसोलेसनमा रहेको कोभिड फोकल पर्सन वलीले बताए ।






