
३ वैशाख,
बाँके । बाँकेको खजुरा गाउँपालिका-२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय शाहिल भन्ने प्रवेश शाही र ३५ वर्षीय भिम बहादुर थापा रहेका छन् । प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उक्त सम्बन्धमा थप अनुसंधान भईरहेको प्रहरीले जनाएको छ ।









