
११ कार्तिक,
बाँके । पछिल्लो २४ घण्टा भित्र गरिएको कोरोना परिक्षणमा बाँकेमा शुन्य रहेको छ । ५ जना डिष्चार्ज भएका छन् ।
आज मेडिकल कलेजमा मात्र १ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।
हालसम्म बाँकेमा १८ हजार ३ सय ८८ जना संक्रमित भएका छन् । ती मध्ये १८ हजार ३ सय ९ जना निको भई डिष्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय ३८ जनाको मृत्यु भएको छ ।
जिल्लामा ४५ जना सक्रिय संक्रमित रहँदा १३ जना अस्पताल र आइसोलेसनमा छन् भने ३९ जना होम आइसोलेसनमा रहेका कोभिड फोकल पर्सन वलीले बताए






