
११ कार्तिक,
प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाइसक्नुपर्ने बताएका छन ।
आज भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना खोपको अभाव हुन नहुने बताएका हुन् । खोप खरिद गरेर भए पनि चैतभित्र सबैलाई पूर्ण मात्रामा लगाइसक्नुपर्ने उनले बताए ।
अहिलेसम्म कूल जनसंख्याको ३४ प्रतिशतले पहिलो मात्रामा खोप लगाइसकेका छन् भने दोस्रो मात्राको खोप जम्मा २२ प्रतिशतले मात्रै लगाएका छन ्।
सरकारले असोजभित्र कूल जनसंख्याको एक तिहाइलाई खोप लगाइसक्ने भनेको थियो । चीनलगायत विभिन्न देशले अनुदानमा थप खोप दिने भनेका छन् । अपुग हुने खोप खरिद गर्न सरकारको तयारी रहेको छ ।





